काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७८ जनाको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७३२ जना छ भने पछिल्लो २४ घण्टामा ७६जना संक्रमणमुक्त भएका छन्।