काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना हुनुभएको छ ।
राष्ट्रपतिलाई शनिबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उहाँलाई शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको थियो ।
अस्पतालमा राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरिए पनि रिपोर्ट आउन बाँकी छ ।