काठमाडौं । भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी आगामी प्रतिनिधी सभाका लागि चितवन ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनलाई नेकपा माओवादी केन्द्रले टिकट दिएको हो।
प्रतिनिधी सभा निर्वाचनका लागि टिकट पाएसँगै भरतपुर अस्पतालको अध्यक्षबाट राजीनामा दिएका छन्।
डा अधिकारीले यसअघि माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन जितेको क्षेत्रबाट टिकट पाएका हुन्। प्रचण्ड भने गोरखाबाट उठ्ने भएका छन्। प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट उठ्ने भएका हुन्।