काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।