काठमाडौं । सँस्कृतिविद सत्य मोहन जोशीको स्वाथ्य अवस्था गम्भीर भएको छ ।
ललितपुरको किष्ट मेडिकल कलेजमा उपचाररत्त उनको स्वास्थ्यमा सुधार नभएपछि आईसीयू कक्षमा सारिएको अस्पतालले जनाएको छ । मुटु र प्रोष्टेटको समस्या भएका उनमा मेडिकल परीक्षणका क्रममा डेंगुको संक्रमण पुष्टि भएको थियो ।
किष्ट मेडिकल कलेजका निर्देशक एवम् प्रा।डा। सुरज बज्राचार्यका अनुसार जोशीलाई डेंगु संक्रमणले निकै गलाएको छ ।