काठमाडौं । चितवनको भरतपुर अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट सुरु भएको छ ।
अस्पतालको पुरानो भवन मर्मत नगरी प्रयोगमा ल्याउन नमिल्ने भएपछि नयाँ भवनबाट सेवा सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
हाल आकस्मिक विभाग २० शय्यामा सञ्चालित रहेको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए। केही दिनमा २० बाट ५० शय्या पुर्याइने उनले जानकारी दिए।