वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकाकी २५ वर्षीया एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन्।
कालिकामाई गाउँपालिका वडा नम्बर ९ हरियरपुरकी २५ बर्षीया कविता देवीले वीरगञ्जको विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालमा सोमबार तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्।
अस्पतालका मेडिकल डाइरेक्टर प्राडा प्रमोदकुमार सर्राफका अनुसार कविताले पहिलो पटक सुत्केरी हुँदा नै तीन जना सन्तान जन्माएकी हुन् । उनले एक छोरी र दुई जना छोरालाई जन्म दिएकी हुन्।
‘