एजेन्सी । एक अध्ययनले कफी खानु स्वास्थ्यको हिसाबले निकै हितकर हुने देखाएको छ। दैनिक उचित मात्रामा कफी खानुले विभिन्न किसिमको स्वास्थ्य समस्याबाट बचाउन सक्ने नयाँ अध्ययनले देखाएको हो।
त्यसैले चिकित्कले कफीको मात्रा बढी नहोस् भनेर दिनको एकदेखि दुई कपसम्म मात्र कफी पिउन सल्लाह दिइन्छ। बढीमा एकदेखि दुई कपसम्म मात्र कफी पिउनुले मानिसलाई मोटोपना र सुगरको मात्रा पनि उचित मात्रामा राख्न सहयोग गर्छ।
कफी स्वास्थ्यका लागि फाइदाजनक छ । त्यसमा पनि जाडोमा यसले झनै फाइदा गर्छ । दूध र चिनीविनाको कफी खाँदा झनै प्रभावकारी हुन्छ ।
कफीमा पाइने क्याफिननामक तत्वमा मस्तिष्कलाई प्रभाव पार्ने औषधीय गुण हुने भएकाले यसले शरीरमा ऊर्जा प्रदान गर्छ ।
प्रत्येक कप कफीले डायबिटिज हुने खतरालाई ७ प्रतिशत कम गर्छ ।
कफीमा पाइने क्याफिन पार्किन्सनका बिरामीका लागि उपयोगी मानिन्छ ।
नियमित कफी पिउँदा क्यान्सर र कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना केही हदसम्म कम गर्छ ।
नियमित कफी पिउने मानिसको आयु अन्य व्यक्तिभन्दा बढी हुन्छ । साथै, कफीले हृदयाघात र मस्तिष्कघात हुने सम्भावनासमेत कम गर्छ ।