काठमाडौ । आगामी प्रतिनिधी सभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी दिएका डा. कमल भुसाल उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ ।
प्रतिनिधी सभामा उम्मेदवार हुनका लागि योग्यता नपुगेको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको हो ।
उनका विरुद्ध दुईटा उजुरी परेकोले त्यसको निष्पक्ष छानविनका लागि समेत आयोग माग गरेको छ । उनका विरुद्ध विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दर्ता गराएका छन् । उनीहरु यस क्षेत्रका स्वतन्त्र उम्मेदवार पनि हुन् ।