काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आफ्नो प्रगती विवरण सार्वजनिक गरेको छ । काउन्सिलले आज एक पत्रकार सम्मेलन गरी काम, उपलब्धि तथा कार्यान्वयनमा रहेका कार्यक्रमहरु सार्वजानिक गरेको हो।
यस्ता छन् मेडिकल काउन्सिलका प्रगती तथा उपलब्धिहरु
-कर्मचारी दीर्घसेवा पदक तथा प्रमाणपत्र २०७८ मा धनराज राउतलाई प्रदान
-विदेशी चिकित्सक दर्ता प्रावधान, अनुगमन, भिषा , नविकरण सर्त कसिलो बनाइएको र प्रगती विवरण बुझाउनुपर्ने ।
-उपाधि बाहेकका फेलोसिप तालिमलाई प्रमाणित गर्ने तर प्रमाणपत्र प्रदान नगर्ने ।
-कलेजमा अध्ययनरत्त सबै तहका बिद्यार्थीहरुको अभिलेख मगाई भर्ना भएका बिद्यार्थीहरुको पहिलो वर्षबाट नै अभिलेख गरी फाइल राख्ने ।
-यातायात कार्यालयमा चिकित्सकले प्रदान गर्ने प्रमाणपत्रको निगरानी राख्ने ।
-काउन्सिलको एक जना उपाध्यक्ष तथा आठ जना सदस्यको निर्वाचनबाट नयाँ कार्यकारी सदस्यहरु थप भएको ।