काठमाडौं । बाल मानसिक स्वास्थ्यसम्बन्धी दुई दिने अन्र्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । काठमाडौंको हायात होटलमा अक्टोबर १६ र १७ गते उक्त सम्मेलन सम्पन्न भएको हो ।
नेपाल सरकारको आयोजनामा विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ- संस्थाको आयोजना उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले अहिले मानसिक स्वास्थ्यसम्बन्धि जनचेतना बढ्दै गएको बताए । उनका अनुसार मानसिक समस्या कारण आत्महत्याको दर बढ्दै गएको छ ।
नेपालमा १० देखि १७ वर्षसम्मका बालबालिकामध्ये दुई प्रतिशतमा निराशाको समस्या देखिएको विभिन्न अध्ययनले देखाएको छ । बालबालिकामा मानसिक समस्या हुँदा डर लाग्ने, आत्तिने, आफ्नै बारेमा धेरै सोच्ने, आमाबुवा घरपरिवारको चिन्ता बढी गर्ने गरेको देखिएको छ।
घरमा एक्लै बसिरहँदा र विद्यालय जान नपाउँदा बालबालिकामा समस्या बढ्ने नै भयो। अर्को कुरा भनेको साथीभाइहरुसँग घुलमिल नहुँदा बालबालिकाहरुमा आत्तिने, डराउने, तनाव हुने, राति निन्द्रा नलाग्ने समस्या पनि देखिने गर्छ ।