काठमाडौं । नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी तथा नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।
काठमाण्डौको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच प्रहरीको स्थापना दिवस मनाइएको थियो । सोही समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वएआइजी तथा नर्भिक अस्पतालका अध्यक्ष सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्नुभएको हो ।
नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ ।सोमबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह लगायत सहभागी हुनुहुन्थ्यो