काठमाडौं । अरिंगालको टोकाइबाट सल्यानमा आमा छोरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी अरिंगालको टोकाइबाट मृत्यु भएको हो ।
सोमबार बेलुका धान काटेर घर फर्कनेक्रममा उनीहरुलाई अरिंगालले टोकेको थियो । अरिंगालले टोकेका उनीाहरुलाई
कोहलपुर अस्पताल लैजाँदै गर्दा छोरीको बाटोमै मृत्यु भएको र उनकी आमाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।