काठमाडौं । सानेपास्थित स्टार अस्पतालले मृतक दाताको कलेजो प्रत्यारोपण सम्बन्धि एक दिने गोष्ठी सम्पन्न गरेको छ। सोमबार एक भब्य कार्यक्रम गर्दै उक्त गोष्ठी सम्पन्न गरिएको हो।
उक्त कार्यक्रम इन्टरनेशनल हेपाटो प्याङ्क्रियाटो बायलरी एसोसियसन र सोसाइटी अफ सर्जन अफ नेपालको सहकार्यमा सोमबारललितपुरको संखमुलस्थित यल दरबारमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रत्यारोपण विज्ञ डा. पुकार चन्द्र श्रेष्ठले २०१७ मा पहिलोपटक दाताबाट अंग प्राप्त गरिएको भएपनि अहिले सम्म आठ जनामा मृगौला र जनामा कलेजो दाताबाट प्रत्यारोपण गर्न सकिएको जानकारी दिए। स्टार अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले नेपालमा अंग प्रत्यारोपणको कार्यले गति लिन निजी तथा सरकारी संस्थाहरुबीच सहकार्य हुनुपर्ने बताए ।
आफ्नो मन्तव्य राख्दै स्वास्थ्य सचिव डा. रोशन पोखरेलले अंग प्रत्यारोपण बलियो बनाउनु राज्यको दायित्व भएको बताए। उनले मानव अंग प्रत्यारोण सम्बन्धमा नीति निर्माण तहमा कुनै समस्यामा परेमा आफू त्यसका लागि काम गर्न तयार रहेको बताए । ‘मानव अंग प्रत्यारोपण राज्यको दायित्व हो,’ उनले भने, ‘यसलाई बलियो बनाएर लैजानुपर्छ । पोखरेलले यसका लागि सरकारको पूर्ण साथ र सहयोग रहने बताए ।