काठमाडौं । नेपाल फार्मेसी परिषद्को २० औं लाइसेन्स परीक्षा यही कार्तिक ५ गते हुँदैछ।
यो २० औं लाइसेन्स परीक्षा भएको नेपाल फार्मेसी परिषद्ले जनाएको छ ।परीक्षा काठमाडौंस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान हुने परिषद्ले जनाएको छ। परीक्षा बिहान १० बजे सञ्चालन हुने भएपनि बिहान साढे ७ बजे नै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ।
परीक्षार्थीले अनिवार्य रुपमा आफ्नो विवरण खुल्ने फोहो सहितको परिचय पत्र सहित उपस्थित हुनुपर्ने परिषद्ले जनाएको छ।