काठमाडौं । प्रत्येक वर्ष नेपालमा ५० हजारभन्दा बढी मानिसले मुटु सम्बन्धी रोगका कारण ज्यान गुमाउने गरेका छन् । मुटु सम्बन्धी रोगहरुको एक प्रमुख जोखिम कारक उच्च रक्तचाप हो । प्रत्येक चार जना वयस्कमा एक जनालाई उच्च रक्तचाप छ ।
ग्रामीण क्षेत्रका बिरामीहरु चिकित्सकको सीमित संख्याका कारण चुनौतीपूर्ण अवस्थामा छन् । यस समस्यालाई समाधान गर्न द मुटु प्रोजेक्टले अध्ययन गरेको थियो । जसले महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्त्य चौकीका स्वास्थ्यकर्मीहरुलाई चिकित्सकको सुपरिवेक्षणमा उच्च रक्तचाप जाँच, निदान, र उपचारमा संलग्न गर्न सकिने सम्भावनाहरुको खोजी गरेको थियो । उक्त अध्ययन गण्डकी प्रदेशको रुपा र बिरुवा गाउँपालिकामा नेपाल विकास समाजले जोन्स हप्किन्स विश्वविद्यालयसँग सहकार्य तथा रिसल्भ टु सेभ लाइम्भ को आर्थिक सहयोगमा संचालन गरेको थियो।
दुवै गाउँपालिकाका वयस्कहरुपमा उच्च रक्तचापको जाँच गरेकोमा उच्च रक्तचाप भएका बिरामीहरुलाई समावेश गरिएको थियो। महिला स्वास्थ्य स्वयंसेविकाहरुले रुपा गाउँपालिकामा तीनपटक र बिरुवा गाउँपालिकामा एकपटक घरमै गएर उच्च उच्च रक्तचापको जाँचका साथै जीवनशैलीसम्बन्धी परामर्श प्रदान गरेका थिए।