काठमाडौं । आज धन्वन्तरि जयन्ती तथा राष्ट्रिय अरोग्य दिवस । विश्वकै प्राचीनताम चिकिस्तापद्धति मानिएको आयुर्वेदका प्रणेता धन्वन्तरिको उत्पति भएको दिनको सम्झनामा मनाइँदैछ । धन्वन्तरिको कात्तिक त्रयोदशीका दिन उत्पति भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ ।
वि.सं. १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवी स्थापना भएपछि नेपालमा पनि धन्वन्तरि जयन्ती मनाउन थालिएको हो ।नेपालका आयुर्वेद क्षेत्रका सम्पूर्ण व्यक्तिले आयुर्वेद चिकित्सक संघको पहलमा २०५६ सालदेखि यो दिनलाई राष्ट्रिय आरोग्य दिवसका रुपमा पनि मनाउँदै आएका छन् ।
धन्वन्तरिलाई आयुर्वेद चिकित्साक्षेत्रका व्यक्तिहरूले नरदेवी क्याम्पस, सिंहदरबार वैद्यखाना तथा सामाखुसीस्थित धन्वन्तरि अस्पतालमा विभिन्न कार्यक्रमको आयोजनाका साथ पूजाआजा गरी स्मरण गर्दछन्।