काठमाडौं । अन्तर्राष्ट्रिय इन्फेक्सन प्रिभेन्सन एन्ड कन्ट्रोल सप्ताह १६ अक्टोबर देखि २२ अक्टोबरमा मनाईने गरिन्छ। इन्फेक्सन प्रिभेन्सन एन्ड कन्ट्रोलको महत्व बुझाउन, विश्वव्यापीरुपमा मनाइने इन्फेक्सन प्रिभेनसन् एंड कन्ट्रोल सप्ताह नेपाल क्यान्सर अस्पतालमा एक साता भरि विभिन्न सन्देशमुलुक कार्यक्रमहरु आयोजना गरी मनाइएको छ ।
उक्त कार्यक्रमको सभापतित्वो अस्पतालका कार्यकारी प्रमुख डा. सुदिप श्रेष्ठले गरेका थिए ,प्रमुख आतिथी नर्सिङ्ग तथा सामाजिक कल्याण महाशाखाकी प्रमुख प्रोफेसर गोमा निरौला रहेकी थिईन् । विशेष अतिथिहरुमा नेपाल नर्सिङ्ग काउन्सिलकी रजिस्टार सकुन्तला प्रजापति सरुवा रोग विशेषज्ञ डा.अनुप सुबेदी , नेपाल नर्सिङ्ग एसोसिएसनका पूर्व आध्य्क्ष प्रोफेसर तारा पोखरेल तथा नेपाल क्यान्सर अस्पतालका संचालक समिति सदस्य तथा प्रिभेनटिभ अन्कोलोजी डिभिजन प्रमुख ड़ा यसोवर्धन प्रधान रहेका थिए ।
उक्त कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका सिनियर इन्फेक्सन प्रिभेन्सन एन्ड कन्ट्रोल नर्स सुमित्रा गुरुङले अस्पतालमा संचालित इन्फेक्सन प्रिभेनसन् एंड कन्ट्रोल अन्तर्गत संचालित कार्यक्रमहरुको प्रस्तुति दिएकी थिईन् ।
कार्यक्रममा वक्ताहरुले इन्फेक्सन प्रिभेनसन् एंड कन्ट्रोलको महत्वका बारेमा मन्तब्य राख्नुका साथै बिभिन्न कार्यक्रमका बिजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । नेपाल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीमा इन्फेक्सन प्रिभेनसन् एंड कन्ट्रोलको महत्वो बझाउन तथा स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्न अस्पतालको इन्फेक्सन प्रिभेनसन् एंड कन्ट्रोल टीमले टिकटक भिडिओ प्रतियोगीता ,चित्रकला प्रतियोगिता ,क्यान्सर पिडित बालबालिकाको लागि रग भर्ने प्रतियोगिता ,हाजिरी जवाफ प्रतियोगिता ,वोर्ड सर्च तथा क्रस वोर्ड प्रतियोगिताका साथै अन्तर विभागीय ह्यान्ड हाइजिन कक्षा प्रतियोगीता साताभरि कार्यक्रम आयोजना गरेको थियो।