काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२१ जनाको परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६९२ जना छ भने पछिल्लो २४ घण्टामा ४३ जना संक्रमणमुक्त भएका छन्।