काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनमा ललितपुर क्षेत्र ३ बाट उम्मेदवारी दर्ता गराएकी डा. तोसिमा कार्की उम्मेदवारी खारेज भएपछि कानुनी उपचारमा जाने निर्णयमा पुगेकी छन्।
डा. तोसिमाले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।
डा. तोसिमा नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन् । आयोगले अन्तिम उम्मेदवार नामावाली सार्वजनिक गरेपछि डा. तोसिमाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।
डा. तोसिमाले मासिक पारिश्रमिक नबुझे पनि बैठक भत्ता, भ्रमण भत्ता लिने गरेको र हरेक वर्ष सम्पत्ति विवरणसमेत बुझाउने गरेकाले उनको उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगले बताएको छ ।