काठमाडौं । डेंगु संक्रमणबाट बिरामी भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी आज अस्पतालबाट डिस्चार्ज भएका छन्।
डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् । सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए ।
केसीको स्वास्थ्य अवस्था सामान्य रहेको राज्य मन्त्री केसीका प्रमुख सचीव अमीत शर्माले जानकारी दिए । राज्यमन्त्री केसीलाई शरिर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।