काठमाडौं । गोरखा अस्पतालका डा. अविनाश पराजुलीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । कार्यकक्षमा नै डाक्टर पराजुलीलाई कुटपिट गरेर फरार रहेका उनीहरु गोरखा बजारबाट पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा गोरखा नगरपालिका ९ बस्ने २८ वर्षका समीर कुँवर, सोही ठाँउका १९ वर्षका अनुप बस्नेत र गोरखा वडा नं ३ का २६ बर्षीय प्रमोदजंग कुँवर रहेका छन् ।
डा. पराजुलीको कार्यकक्षमा नै उनीमाथि कुटपिट भएपश्चात् अस्पतालले उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो।थाइराइडको परीक्षणमा अस्पताल पुगेकी एक महिलाको परीक्षण रिपोर्ट चित्त बुझ्दो नआएपछि उनीमाथि कुटपिट भएको थियो ।