काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
विगत १५ दिनदेखी ललितपुरको भैसीपाटीस्थित मेडिसिटी अस्पालमा उपचाररत्त उनको स्वास्थ्यमा सुधार भएपश्चात् अस्पतालबाट डिस्चार्ज गरिएको उनकी छोरी गंगाा दाहालले बताईन् ।
सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् ।