काठमाडौं । राप्रपाको घोषणा पत्रमा वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा विस्तार गरिने उल्लेख गरेको छ ।
आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले सोमबार आफ्नो घोषणा पत्र सार्वजनिक गरेको हो ।
साथै घोषणा पत्रमा आधारभूत स्वास्थ्य सेवा सबै नागरिकलाई निःशुल्क तथा अनिवार्य गरिने, सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी बिमाको दायरामा ल्याईनेछ र सबै बीमितले आफूले चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था गर्ने उल्लेख छ।