काठमाडौं । नेकपा माओवादी केन्द्रले स्वास्थ्य विभिन्न १५ बुँदा समेटिएको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।
गाउँ-गाउँमा अस्पताल, स्वास्थ्यमा समाजवाद भन्ने मुल नाराका नाराका साथ माओवादी केन्द्रले घोषणा पत्र सार्वजनिक गरेको हो । स्वास्थ्य क्षेत्रको सेवालाई जनमैत्री,वैज्ञानिक र प्रभावकारी बनाउन एकीकृत राष्ट्रिय स्वास्थ्य गुरूयोजना बनाई लागु गरिने घोषणा पत्रमा उल्लेख छ।
हरेक पालिकामा आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न गरी दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गरिने, प्रदेशस्तरमा ठुलो क्षमताका विशिष्टीकृत सेवाका अस्पतालहरु निर्माण र सञ्चालनमा जोड दिइने तथा पहिले देखि नै सञ्चालनमा रहेका अस्पतालहरुको क्षमता विस्तार तथा आधुनिकीकरणलाई जोड दिने बताइएको छ ।