काठमाडौं । पानी प्राणीका लागि अत्यावश्यक पदार्थ हो। पानीको कमीले धेरै स्वास्थ्य समस्या देखिन्छ।
चिकित्सकहरुले पनि धेरै पानी पिउने व्यक्ति धेरै रोगबाट बच्ने भएकाले प्रशस्त पानी पिउन सुझाव दिन्छन्।शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने, एलर्जी र छाला रातो हुनेजस्ता समस्या देखा पर्न सक्छन्। साथै, अनुहारमा दाग आउने समस्या पनि हुन्छ।
त्यसैले, दैनिक डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनुपर्छ। बिहान खाली पेटमा मनतातो पानी पिउनु हाम्रो शरीरका लागि आवश्यक हुन्छ।एकैपटक बढी पानी पिउने गर्नु हुँदैन। यस्तो गर्दा मिर्गौलामा असर पर्न सक्छ। त्यसैले, केही समयको अन्तरालमा पानी पिउनु उपयुक्त हुन्छ।