काठमाडौं । उम्मेदवारी खारेजी विरूद्ध डा तोसिमा कार्कीले दिएको रिटमाथि सर्वाेच्च अदालतमा आज सुनुवाइ हुने भएको छ । सुनुवाइ कुमार चुडालको एकल इजलासमा हुने भएको छ ।
ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी कार्कीले आफ्नो उम्मेदवारी खारेज भएपछि सर्वोच्चमा रिट दायर गरेकी हुन्।
मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो । सोमबार समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उनले रिट दर्ता गरेकी हुन्।