काठमाडौं । ओम समाज डेन्टल हस्पिटल बर्दिबास शाखाले आर्थिक अबस्था एकदमै कमजोर भएकी बर्दिबास-३, गौरिडाडा निवासी , १५ बर्षिय भावना रम्तेलको नि:शुल्क उपचार गर्ने भएको छ।
१५ वर्षीय भर्खरै उमेरको बालिकाको माथिल्लो भागमा ६ वटा मात्र दाँत भएको हुदा खाना चपाउन समेत एकदमै समस्या झेलिरहेकि भाबनाको नि:शुल्क दन्त उपचार गर्ने भएको हो।
उपचार खर्च १ देखि डेढ लाख लाग्ने हुनाले आर्थिक अवस्था एकदमै कमजोर भएको कारण पिडादायी समस्या बोकि बसिरहेको अवस्थामा ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष, समाजसेबि, डा. सुबास घिमिरेद्वारा सम्पुर्ण उपचार नि:शुल्क गर्ने जिम्मा लिई उपचार गर्न समेत बताइएको छ ।
यस अघि पनि ओम समाज डेन्टल हस्पिटलले सबैको पहुचमा दन्त उपचार सहज सुलभ बनाउने उदेश्यका साथ् नि:शुल्क शिबिर लगाएत आर्थिक अबस्था कमजोर भएकै कारण उपचार बाट बन्चित अफ्ठ्यारो परेका व्यक्ति हरुको नि:शुल्क उपचार गर्दै आइरहेको छ ।