काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुन लागि रहेको प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन लक्षित चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा स्वास्थ्यका निम्नलिखित विषयवस्तु समावेश गरिएका छन् -
-पाँच, दश र पन्ध्र शय्याका ३९६ स्थानीय तहका आधारभूत अस्पताल निर्माणको कार्य दुइ बर्षभित्र सम्पन्न गर्ने, जिल्ला अस्पताललाई २५ देखि ५० शय्याको अस्पताल, तत्कालीन अञ्चल अस्पताललाई २०० शय्याको जनरल अस्पताल र केन्द्रीय अस्पताललाई ५०० शय्याको विशेषज्ञ अस्पतालमा स्तरोन्नति गरिने ।
-काठमाडौं उपत्यकामा ३०० शय्या र सातै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण सम्पन्न गरिने ।
-जटिल र घातक प्रकृतिका रोगहरूको उपचारका लागि अन्तर्राष्ट्रियस्तरको उपचार सेवा स्वदेशमै सुनिश्चित गर्न विशिष्टीकृत अत्याधुनिक उपचार सेवा उपलब्ध गराउने, अधिकार सम्पन्न राष्ट्रिय प्रत्यायन प्राधिकरणु ९नेशनल एक्रिडेशन अथोरिटी० बनाई स्वास्थ्य सेवाको नियमन गरिने ।