काठमाडौं । नेकपा एमालेको घोषणा पत्रमा पाँच वर्षभित्र सम्पूर्ण नागरिकहरुको स्वास्थ्य बिमा गरिने घोषणा गरिएको छ ।
मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा सार्वजनिक गरिएको घोषणा पत्रमा पाँच वर्षभित्र सम्पूर्ण नेपालीको स्वास्थ्य बिमा गरिने उल्लेख गरिएको हो ।
पाँच, दश र पन्ध्र शय्याका ३९६ स्थानीय तहका आधारभूत अस्पताल निर्माणको कार्य दुइ बर्षभित्र सम्पन्न गर्ने, जिल्ला अस्पताललाई २५ देखि ५० शय्याको अस्पताल, तत्कालीन अञ्चल अस्पताललाई २०० शय्याको जनरल अस्पताल र केन्द्रीय अस्पताललाई ५०० शय्याको विशेषज्ञ अस्पतालमा स्तरोन्नति,काठमाडौं उपत्यकामा ३०० शय्या र सातै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण सम्पन्न लगायतका विषयवस्तु समेत घोषणापत्रमा समावेश भएका छन् ।