काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मानव अंग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
अंग दानको कार्यले रोग ग्रस्त व्यक्तिलाई नयाँ जीवन दिने भएकाले यसलाई देशव्यापी अभियानका रुपमा अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठको दाबी छ।
अंग दानको कार्यले कुनै पनि मानिसलाई नयाँ जीवन दिने भएकाले यो अत्यावश्यक रहेको उनको भनाई छ । मारबाडी सेवा समितिले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।