काठमाडौं । काठमाडौंको लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब साढे ३ बजेतिर बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलका १३ वर्षीय आयुष्मान दाहाल बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर घाइते भएका थिए ।
गम्भीर घाइते भएका दाहालको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बालकको शव पोष्टमार्टमको लागि शव टिचिङ अस्पतालमा राखिएको छ ।