काठमाडौं । निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका-३ का शिवराज श्रेष्ठसँग मिलेको छ।बलात्कार भएको आरोप लगाउँदै आएकी जलेश्वरकी निहारिकाले डीएन परीक्षणको माग गर्दै लामो समय अनसन पनि बसेकी थिईन् ।
उनले बलात्कारबाट नै आफ्नो छोराको जन्म भएको बताउँदै आएकी थिईन् । बच्चा र शिवराजको डिएनए ९९।९९९ प्रतिशत मिलेको विधि विज्ञान प्रयोगशाला काठमाडौंले जनाएको छ । आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही तथा डीएन परीक्षणको माग गर्दै निहारिकाले अदालतमा किटानी जाहेरी दिएकी थिईन् ।