काठमाडौं । ललितपुर क्षेत्र न ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधी सभा सदस्य उम्मेदवार बनेकी डा तोसिमा कार्कीको विरुद्धको भ्याकेट निवेदन न्यायाधीशहरु आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो।
उनको मुद्दाको पेसी अन्तिममा तोकिएको सर्वाैच्च अदालत स्रोतले जनाएको छ । अदालतले तत्काल उम्मेदवारी खारेज नगर्न आदेश दिएपछि कार्कीले प्रचारप्रसार तीव्र बनाएकी छन्।
उनको उम्मेदवारी खारेजीमा माग गरेर परेको रिटमा गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।