काठमाडौं । तान्जानियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । प्रधानमन्त्री कासिम माजालिवाले दर्जनौं यात्रुसहितको प्रेसिजन एयरको उडान लेक भिक्टोरियामा डुबेको बताएका छन्।
विमान यात्रामा रहेका ४३ यात्रु्मध्ये २४ जना बाँच्न सफल रहेका र बाँचेकाहरूलाई लेकसाइड शहरको अस्पतालमा लगिएको बताइएको छ ।