काठमाडौं । ६ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि नेपाल मेडिकल काउन्सिलले लिने ‘लाइसेन्स’ परीक्षामा डाक्टरहरु धेरै पटक फेल हुने गरेका छन् ।
धेरै डाक्टर पटक–पटक फेल हुन थालेपछि काउन्सिलले एमबीबीएस उत्तीर्ण विद्यार्थीले चिकित्सा पेसा अपनाउन नचाहे लाइसेन्स परीक्षा दिन नपर्ने व्यवस्था ल्याउन लागेको छ हो ।
एमबीबीएस तथा र बीडीएस उत्तीर्ण भएका तर भविष्यमा चिकित्सा पेसा गर्न नचाहनेलाई लाइसेन्स नचाहिने व्यवस्था गर्न लागेको छ ।
मेडिकल काउन्सिलकको तथ्यांक अनुसार १० औँ, २०औँ पटकसम्म ‘लाइसेन्स’ परीक्षा दिएर पनि अनुत्तीर्ण भएका विद्यार्थी १ हजार १ सयभन्दा माथि छन् ।लाइसेन्स परीक्षामा उत्तीर्ण हुन नसक्नेलाई बिरामी जाँच, परीक्षणजस्ता उपचार गर्नु नपर्ने, स्वास्थ्यसँग सम्बन्धित विषयमा स्नातकोत्तर अध्ययन गर्न दिने प्रक्रिया अगाडि बढाएको हो ।