काठमाडौं । पछिल्लो समय चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटलमा उपचारका लागि आउने बिरामीको चाप बढ्दै गइरहेको छ । यहाँ दैनिक सात देखि आठ सय जना उपचारका लागि आउने गर्छन्।
स्वदेश तथा विदेशमा पाइने सम्पूर्ण दन्त सेवा तथा प्रविधिहरु उपलब्ध भएका कारणले पनि बिरामीको रोजाई ओम समाज परेको अस्पतालका प्रशासन प्रमुख अजय रेग्मीको दाबी छ । ओम समाज अस्पतालमा आएका बिरामीहरु पैसा अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छैन ।
यसले प्रदान गर्ने सस्तो उपचारका कारण नै विदेशीहरु समेत ओम समाज डेन्टलमा उपचारका लागि आउने गरेका छन् । अस्पतालले आफ्नो सेवालाई विस्तार गरी विभिन्न शाखाको स्थापना साथै कम शुल्कमा नै स्तरीय सेवा प्रदान गर्दै आइरहेको रेग्मीको दाबी छ ।
ओम समाज डेन्टल अस्पतालले कम शुल्कमा नै उच्चतम् प्रविधिको प्रयोग गरी स्तरीय सेवा दिदैं आएकोले दन्त उपचारमा ओम समाज डेन्टल नै रोज्नका लागि उनको आग्रह छ । अस्पतालले ८ वटै विशिष्टीकृत सेवाको माध्यमबाट बिरामीहरुलाई उपचार सेवा प्रदान गरिरहेको छ ।
अस्पतालले बिरामीमैत्री वातावरणमा उपचार प्रदान गर्दै आइरहेका हुनाले दन्त उपचारका लागि बिरामीहरुले ओम समाज नै रोज्ने गरेको रेग्मी बताउँछन् । प्रविधि तथा जनशक्ति दुवै हिसाबमा ओम समाज डेन्टल अस्पताल अब्बल रहेकोले यहाँ दिनप्रतिदिन बिरामीको चाप बढेको रेग्मी बताउँछन् ।