काठमाडौं । पूर्व-स्वास्थ्यमन्त्री विरोध खतिवडामाथि चुनावी सभामा नै आक्रमण भएको छ । चुनाव प्रचार प्रसारका क्रममा मकवानपुर रहेका पूर्व स्वास्थ्यमन्त्री खतिवडामाथि आक्रमण भएको हो । मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि आक्रमण भएको हो ।चुनावी सभाका लागि गाडीबाट ओर्लनेबितिकै उनीमाथि हेटौंडा उपमहानगरपालिका निवासी ५५ वर्षिया पुरुषोत्तम खड्काले आक्रमण गरेका हुन्।