काठमाडौं । प्रदेश १ का वनमन्त्री तथा प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको डेंगुबाट निधन भएको छ। उनको बुधबार बिहान उपचारका क्रममा निधन भएको हो।
उम्मेदवारी मनोनयन दर्ताको भोलिपल्ट २४ असोजमा अचानक अस्वस्थ भएपछि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार नभएपछि २५ दिन काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरियो । थप उपचारका लागि २७ असोजमा उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो।