काठमाडौं । मेवा एक स्वादिलो र पौष्टिक आहारमा पर्ने फलफुल हो । विशेषज्ञका अनुसार मेवा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ।
मेवाको सेवनले थुप्रै प्रकारका रोगबाट छुट्कारासमेत दिन्छ । मेवाको सेवन कुनै अवस्थामा भने स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ।
मेवालाई भिटामिन ‘ए’को उपयुक्त स्रोत मानिन्छ । मेवामा भिटामिन ए का साथै भिटामिन सी पनि पाइन्छ। मेवामा प्रचुर मात्रामा पानी, प्रोटीन, कार्बोहाइड्रेट, क्षार तत्त्व, क्याल्शियम, फस्फोरस, आइरन आदि पाइन्छ । प्राकृतिक रुपमा यसमा फाइबर, क्यारोटिन र मिनरल्स पनि भरपूर मात्रामा पाइन्छ।
फाइदा:
कपाललाई बलियो बनाउनका लागि मेवाको रस उपयोगी हुन्छ। यसले अन्य फाइदाका साथै छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउँछ । पाकेको मेवा अनुहारमा लगाउँदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ।
विशेषज्ञका अनुसार क्यान्सरबाट जोगाउनका लागि मेवाको बीउ उपयुक्त मानिन्छ। अधिक तौल हुँदा मोटोपन घटाउनका लागि मेवाको सेवन उपयुक्त हुन्छ । उच्च रक्तचापको समस्या भएका बिरामीका लागि काचो मेवाको सेवन फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बिरामीका लागि पनि मेवाको सेवन उपयुक्त मानिन्छ ।