काठमाडौं । तनहुँमा आगोमा ताप्दा जलेर एक ९ वर्षीया बालकको मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिकाका ९ वर्षिया सुभाष थापाको आगो ताप्ने क्रममा मृत्यु भएको हो ।
२१ गते बेलुका आगो ताप्ने क्रममा जलेर घाइते भएका उनलाई परिवारले पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगेका थिए ।
उपचारका क्रममा उनको गएराती मृत्यु भएको प्रहरीले जनाएको छ ।