काठमाडौं । विराटनगरस्थित विराट मेडिकल कलेजमा सुनसरीको इटहरी—२० तरहराकी ३० वर्षीया रमा चौहानले तिम्ल्याहा बच्चा जन्माएका छिन् ।
१६ जना चिकित्सकको टोलीले शल्यक्रिया मार्फत् तिम्ल्याहा बच्चासहित आमाको ज्यान बचाउन सफल भएको हो, जसको नेतृत्वको बालरोग विशेषज्ञ डा. दिपराज अधिकारीले गरेका थिए ।
अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरी अवधी नै नपुगेका तीन बच्चाको ज्यान बचाएको बताएको हो । सामान्यतया ४० सातामा मात्रै बच्चा जन्मिने भएतापनि ती बच्चा २९ सातामा नै जन्मिएका थिए ।
‘समय नपुगी त्यो पनि कम तौल भएको शिशुलाई बचाउन निक्कै गाह्रो र खतरा हुने गर्दछ,’ वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा। अधिकारीले भने, ‘कम तौलको शिशुको शरीरका अंगहरू विकास भएको हुँदैन् । त्यस्ता शिशुलाई कडा खालको अक्सिजनमा राख्नुपर्ने हुन्छ।