काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्ला स्थानमा आगो बाल्नका लागि रोक लगाएको छ । महानगरले शुक्रबार एक विज्ञप्ती जारी गर्दै खुल्लारुपमा आगो बाल्नका लागि रोक लगाएको हो।
खुल्ला स्थानमा आगो बाल्दा त्यसबाट उत्पादिन धुँवा धुलोले जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै महानगरले यस्तो कार्य गर्नका लागि रोक लगाएको हो ।