काठमाडौ । अमला एक स्वास्थ्यवर्धक फल हो । अमलामा प्रचुर मात्रामा भिटामिन सी, इ, ए, आइरन, क्याल्सियम र खनिज पाइने बिज्ञहरु बताउँछन् ।
अमला खाँदा स्मरण शक्तिमा बृद्धि हुनुका साथै रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गरी रगतलाई सफा गर्दछ । त्यस्तै, यो फल मुटु रोग, मधुमेह रोग, कलेजो रोग, मष्तिस्कघात, क्यान्सर तथा दीर्घ रोगमा र भाइरल फीवरमा पनि फाइदाजनक मानिन्छ ।
अमलला खाँदा शरीरमा धातुको बृद्धि गराई स्वस्थ राखि सङ्क्रमण हुनबाट जोगाउँने गर्दछ ।