काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.६ राइटोल नजिकै आज (बुधबार) बिहान आगलागी हुँदा १ जनाको ज्यान गएको छ।
ज्यान गुमाउनेमा २५ वर्षकी अस्मिता केसी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए। आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा आगलागी भएको थियो।