काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६२० जनाको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७५ जना छ भने पछिल्लो २४ घण्टामा २४ जना संक्रमणमुक्त भएका छन्।