काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७८ जनाको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४४ जना छ भने पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन्।