काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना स्थगित भएको छ। मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना स्थगित भएको हो।
निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको जनाएको छ । उनलाई ‘प्रेसर’को समस्या रहेको जनाइएको छ। यसअघि आज दिउँसो १ बजेदेखि मतगणना गर्ने भनेर सर्वदलीय बैठक बसेको थियो । तर, बैठकमा नेकपा एमाले र गठबन्धनबीच सहमति नभएपछि ३ घण्टा चलेको बैठक नै स्थगित भएको थियो।
त्यसपछि मुख्य निर्वाचन अधिकृत अर्यालको प्रेसर बढेको र अहिले उनी आफ्नो क्वाटरमा आराम गरिरहेका छन्। कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनी राना र स्वतन्त्र उम्मेदवार पुष्कर नाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन्।