काठमाडौं । प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवारले अग्रता कायमै राखेकी छन्।
पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीले ४ हजार ९१० मत ल्याएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले ३८४५ मत ल्याउँदै पछ्याइरहेका छन्।
यस्तै सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेकपा माओवादीकी उम्मेदवार पम्फा भुसालले कार्कीभ्नदा दोब्बर कम मत ल्याएकी छन्। उनले २२२८ मत ल्याएकी छन्।