काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित भएपछि मतदाताको विश्वासमाथि घात नगर्ने वाचा गरेका छन् ।
निर्वाचित भएपछि आफ्नो धारणा राख्दै उनले मतदाताले दिएको जिम्मेवारी इमानदारिताकासाथ पूरा गर्ने बताए ।उनले यतिबेला कांग्रेसका बढीभन्दा बढी उम्मेदवारहरु जितेर आउन् भन्ने कामना गरिरहेको बताए।
गठबन्धनमा रहनुभएका साथीहरु जति बढी जितेर आउनुहुन्छ, स्थिर सरकार दिन सक्ने हो। त्यही नै प्रार्थना गरिरहेको हो, उनले भने।